
काठमाडौं । दशैं बिदा पछिको पहिलो दिनको शेयर कारोबारमा हरियाली छाएको छ । उतार चढाचवबीच बजार परिसूचक नेप्से ३१ अंकले उकालो लागेर करिब २७ सय पुगेको छ ।
लामो बिदा पछिको पहिलो कारोबार भएकाले कारोबार भने ह्वात्तै घटेर ३ अर्ब हाराहारीमा सिमित भएको छ । मात्र उत्पादनमूलक समूह नगन्य अंकले रातो रहेबाहेक बाँकी सबै समूहमा हरियाली छाएको हो । वित्त समूहमा सबैभन्दा उच्च साढें ४ प्रतिशत बढीको वृद्धि आयो । व्यापार समूह करिब २ प्रतिशतले उकालो लाग्दा वाणिज्य बैंक, विकास बैंक, लगानी, अन्य र जीवन बीमा समूह १ प्रतिशत बढीले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ७ कम्पनीको ६४ लाख १७ हजार कित्ता शेयर ३ अर्ब ६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन २ सय ५ स्टकको मूल्य बढ्दा ३२ को घट्यो । यसदिन जानकी फाइनान्स र मिथिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशत कमाए ।
प्रतिक्रिया दिनुहोस्