१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गौशाला धर्मशाला विवाद, पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान


2.392k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद मिलाउन पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ । मन्त्री पाण्डेले धर्मशालासम्बन्धी कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले असोज ३० गते शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै कोषलाई पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिँदै पत्राचार गर्नुभएको छ ।

साथै मन्त्री पाण्डेले कात्तिक ४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद् बैठक आह्वान गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि विवाद शुरु भएको हो । धर्मशाला सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिले कोषको उक्त निर्णयको विरोध गरिरहेको छ ।