
काठमाडौं । काठमाडौंमा बिहीबारदेखि शुरु भएको साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दैछ ।
च्याम्पियनसिप अन्तर्गत आज समुह ‘बी’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्दैछन् । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र भुटान भिड्ने भएका हुन् । यो खेल साँझ साढे ५ बजे शुरु हुनेछ । नेपालमा यो प्रतियोगिता लगातार तेस्रो पटक आयोजना भएको हो ।
यसअघि उपविजेतामा चित्त बुझाउँदै आएको नेपालले यसपालि उपाधि हासिल गरेरै छाड्ने लक्ष्य लिएको छ । नेपाली टोलीका खेलाडीदेखि प्रशिक्षक सबै उत्साही देखिएका छन् ।
दशरथ रंगशालामा हिजो भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोल अन्तरले हराउँदै भारतले विजयी शुरुवात गरेको छ । जितसँगै भारतले ३ अंक जोडेको छ । उपाधिको छिनोफानो कात्तिक १४ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्