१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केन्याद्वारा मानव—वन्यजन्तुको सहअस्तित्व बढाउन ५० हात्ती स्थानान्तरण


0
Shares

एजेन्सी । केन्याका वन्यजन्तु अधिकारीहरूले एमवा नेशनल रिजर्भबाट एबरदारे राष्ट्रिय निकुञ्जमा ५० वटा हात्तीको स्थानान्तरण गरेका छन् । यसका लागि लगभग १७ दिन लागेको बताइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार एमवामा हात्तीको संख्या १९७९ मा ४९ बाट उल्लेखनीय रूपमा बढेर १५६ पुगेको छ । बढ्दो जनसङ्ख्याले पारिस्थितिक प्रणालीमा ठूलो दबाब दिएको छ ।

जसले गर्दा हात्तीहरू नजिकैको बस्तीहरूमा घुम्न जान्छन् । जहाँ उनीहरूले बाली, पूर्वाधार र सम्पतीमा क्षति पुगेको छ ।

केन्या वन्यजन्तु सेवाका महानिर्देशक एरुस्टस कांगाले हात्तीहरू स्वस्थ पारिस्थितिकी प्रणालीहरू कायम राख्न महत्वपूर्ण रहेको तर सीमित स्थानहरूमा अनियन्त्रित जनसंख्या वृद्धिले वातावरणीय ह्रास र मानव–वन्यजन्तु द्वन्द्वलाई बढाउनसक्ने भएकाले स्थानान्तरण गरिएको बताउनुभयो ।