
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वको अभावमा मुलुक निर्माण हुन नसकेको बताउनुभएको छ ।
नेपालले सोचेजस्तो प्रगति गर्न नसक्नुका राजनीतिक अस्थिरता हो भनेर हिच्किच्याउन नहुने अध्यक्ष दाहालको दाबी थियो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले धनी पुँजीपतिहरुलाई उही मान्छे भनेर नठान्दासम्म मुलुकले आर्थिक विकास गर्न नसक्ने अनुभुति पनि सुनाउनुभयो ।
राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले व्यवसायीहरु, धनि पुँजीपतिहरु हुन् भन्ने ठान्दासम्म मुलुकको विकास हुन नसक्ने बताउनुभयो । उहाँले निजी क्षेत्र र सरकार एकै ठाउँमा उभिन वातावरण नबन्दासम्म मुलुकको अर्थतन्त्रले लय पक्रनसक्ने अवस्था नरहेको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मद्दत गर्ने नीतिलाई सही नीतिको रुपमा ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्