२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रवि लामिछानेलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन


1.339k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ ।

शनिबार रास्वपाका नेता/कार्यकर्ताहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार बेलुकी पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरेर शुक्रबार राति नै पोखरा पु¥याएको थियो ।

लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । वीरगञ्जमा भेला भई रास्वापका नेता/कार्यकर्ताहरुले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रममा गरेका हुन् । जुलुशमा सहभागीहरुले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए ।