१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टी–२० : दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल जारी


0
Shares

काठमाडौं । टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज बिहान अमेरिकाको सामना गरिरहेको छ । आज बिहान पौने ६ बजेदेखि अमेरिकाको डालासमा शुरु भएको खेलमा टस जितेको नेपालले ब्याटिङ गरिरहेको छ ।

तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोली हुनेछ ।

टी–२० शृंखलापछि अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृंखला हुनेछ ।