२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने पुल जोडियो


1.872k
Shares

सिन्धुली । बाढीले बगाएको सिन्धुली र रामेछाप जोडने पुल जोडिएको छ । सिन्धुली-रामेछाप जिल्ला जोडने सुनकोशी नदीको बेलिब्रिज पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

असोज १२ गते सुनकोशी नदिमा आएको बाढीले खुर्काेटको मोटरेवल पुल बगाएपछि सरकारले नेपाली सेना परिचालन गरी सो पुल निर्माण गरिरहेको हो ।

सिन्धुलीको खुर्कोट र रामेछाप जिल्लाको सेलेघाट जोड्ने गरी सुनकोशी नदिको पुल बाढीले बगाएपछि टुटेको सडक सम्बन्ध बेलिब्रिजले फेरि जोडेको छ ।

गत असोज ११ र १२ गते सुनकोशीमा आएको बाढीले करिब १० वर्षअघि बनेको खुर्कोट मन्थली सडक खण्डको पक्की पुलको रामेछाप तर्फको भाग बगाएको थियो । पुल बगाएपछि रामेछाप-सिन्धुली आवत जावतमा समस्या भएपछि नेपाली सेनाले असोज २१ गतेबाट बेलिब्रिज निर्माणको काम गरिरहेको छ ।

सुनकोशीले बगाएर आधा बाँकी रहेको पक्की पुलमाथिबाट १८० फिट लामो बेलिब्रिज जडान गरी रामेछाप तर्फ जोडिएको छ ।

बेलिब्रिज निर्माणको काम सतप्रतिशत पूरा भइसकेकाले भोलिदेखि सवारी सञ्चालन गर्न सकिने गरी तयारी भएकोे छ ।