१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टी–२० मा नेपाल–अमेरिका सुपर ओभरमा


689
Shares

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल–अमेरिका सुपर ओभरमा पुगेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको हो ।

अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो । नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

अमेरिकाका आन्द्रेस गौसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।

यो जीतसँगै नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।