
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै निरन्तर बढिरहेको छ । आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार पुगेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
महासंघले जनाए अनुसार आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्