१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लेबनानको राजधानी बेरुतमा इजरायलको भीषण हमला


1.885k
Shares

एजेन्सी । लेबनानको राजधानी बेरुतमा इजरायली सैनिकको भीषण हमला जारी छ । आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको बताइएको छ ।

बेरुतको घना आवादी भएका नगरहरुमा ठूला विष्फोटका आवाज सुनिएका छन् । आइतबार दिउँसो इजरायली सेनाले बेरुतका १४ तथा अन्य १० गरी २४ नगरमा आक्रमणको चेतावनी दिएको थियो । त्यसलगत्तै इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको छ ।

पछिल्लो पटक इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक रुपले सहयोग गरिरहेका बैंक तथा वित्तिय संस्थालाई निशाना बनाएको छ । शनिवार राती पनि इजरायली सेनाको आक्रमणमा परि कम्तिमा ८३ जना लेबनानी नागरिक मारिएका थिए ।