२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं पुग्ने सडक सञ्चालनमा


1.612k
Shares

काठमाडौं । हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुगिने सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत असोज १० र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । केही मर्मत गरेर असोज २० गतेदेखि सडकमा यातायात खुले पनि सडकमा ह्युमपाइप राख्नुपर्ने भन्दै कात्तिक २ गतेदेखि एकतर्फी यातायातमात्र सञ्चालन भएको थियो ।

सडकको मर्मत सम्पन्न भएपछि भने दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।