
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल र योजनावद्ध शहरीकरण तथा बस्ती विकासको वारेमा छलफल हुनेछ ।
त्यस्तै साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिगत विषयमा छलफल हुुनेछ ।
प्रतिक्रिया दिनुहोस्