
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–४ का नेपाली सेनाबाट अवकाशप्राप्त गोविन्द पुरी बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् ।
दुई वर्ष अगाडी नेपाली सेनाबाट अवकाश प्राप्त ४५ वर्षीय पुरी उनकै घरबाट ठुलो मात्रामा बिष्फोटक पदार्थसहित पक्राउ परेका हुन् ।
पुरीको घरको तेस्रोतल्लाबाट दोस्रो तल्लामा भाडाँहरु सार्नेक्रममा सकेट बम विष्फोट भएर पुरी घाइते भएका थिए ।
एक्कासी घरमा सकेटबम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटलाई पुगेपछि प्रहरी घट्नास्थल पुगेको थियो । प्रहरीले विष्फोटबाट घाइते भएका पुरीलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो ।
उपचारपछि अस्पतालले पुरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भन्दै घरमा पठाएसँगै प्रहरीले थप अनुसन्धान गर्न उन्लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरी पौडेलले जानकारी दिनुभयो ।
प्रहरी र नेपाली सेनाको विशेष टोलीले अनुसन्धान गर्दा बिष्फोटक पदार्थ बिष्फोट भएको जनाएको छ । पुरीको घरबाट ठुलो परिणाममा विष्फोटक पदार्थ फेला पारेको डिएसपी पौडेलले बताउनुभयो ।
अवकाश प्राप्त नेपाली सेना भएकाले बम बनाउने बारुदसहित अन्य विष्फोटक पदार्थ कहाँबाट ल्याइएको हो भन्ने विषय अनुसन्धान पछि खुल्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्