२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान


0
Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान गर्नुभएको छ ।

मन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन गएराति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्नु भएको हो ।

वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ । उहाँ कात्तिक दोस्रो साता स्वेदश फर्किनुहुने कार्यक्रम छ ।