
फाइल तस्बिर
काठमाडौं । सभामुख देवराज घिमिरेले आज संसदीय समितिका सभापति र राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दैहुनुहुन्छ । छलफल मंगलबार बिहान ११.३० बजेका लागि डाकिएको छ ।
संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले प्रमुख सचेतकहरुसंग छलफल गर्न लाग्नुभएको हो ।
राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा दफावार छलफलका लागि विधेयक रहेका छन् ।
यसबारेमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्