
काठमाडौं । पाँचथरको सदरमुकाम फिदिम बजार र यस वरिपरिको क्षेत्र पहिरोको जोखिममा परेको छ ।
पहिरो खस्नुका साथै जमिन भासिने र लच्किएपछि यहाँका घर तथा भवनहरु जोखिममा परेका हुन् । बजारनजिकै पहिरो खसेपछि स्थानीय बासिन्दा त्रासमा छन् ।
बजार नजिकैको सुन्तलीचोकमा सडक माथिबाट ठूलो पहिरो झरेको थियो । पहिरोले त्यस बेला त्यति ठूलो क्षति नगरे पनि पहिरोमाथिको जमिन लच्किएको छ भने जमिन भासिएको स्थानीयले बताएका छन् ।
फिदिम नगरपालिकाको वडा नं.७, ८ र १३ लाई सदरमुकामसम्म जोड्ने फिदिम–रानीटार–लुङरुपा सडकमा पहिरो खसेको छ ।
प्रतिक्रिया दिनुहोस्