
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन विधेयकहरु आगामी संसद अधिवेशनमा पेश गर्नेगरी तयारी गर्न निर्देशन दिनुभएको छ ।
संहदरबारस्थित सभामुखको कार्यकक्षमा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राख्नुभएको थियो ।
समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको बताएका छन् । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरुको भनाइ थियो । बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरुले बताएको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोत्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो ।
बैठकमा कानुनमन्त्रीसहित उपसभामुख इन्दिरा राना, एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्