
काठमाडौं । पछिल्ला दुई दिन उच्च अंकले घटेको शेयर बजारमा मंगलबार भने दोहोरो अंकको सुधार आएको छ ।
दिनभरको उतारचढावका बीच नेप्से २५ दशमलव ८८ अंकले बढेर २६ सय ६५ दशमलव ८१ विन्दुमा पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसमूह सकारात्मक बन्दा वित्त उपसमूह सर्वाधिक ३ प्रतिशतले बढेको छ । बजार बढे पनि कारोबार रकम भने हिजोको भन्दा घटेको छ ।
मंगलबार ३१४ वटा स्टकको एक करोड ९ लाख ६२ कित्ता शेयर चार अर्ब १७ करोड १७ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । मंगलबार रावा इनर्जीका लगानीकर्ताले सर्वाधिक ८ दशमलव ८६ प्रतिशत कमाउँदा विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक ४ दशमलव ७५ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमको आधारमा मंगलबार गुडविल फाइनान्सको १७ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्