
काठमाडौं । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
मंगलबार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री राईले यस्तो बताउनुभएको हो ।
रक्षामन्त्री राईले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठूलो भुमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अफ्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको बताउनुभयो । उहाँले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको बताउनुभयो ।
रक्षामन्त्री राईले लिपुलेक क्षेत्रको बाटो (कर्णाली करिडोर) सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको बताउनुभयो । उहाँले आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर करिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री राईले नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुयाउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्