२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेप्से २० अंकले घट्यो


312
Shares

काठमाडौं । शेयर बजारको वृद्धि एक दिन पनि टिकेन । दुई दिनको उच्च गिरावटपछि हिजो दोहोरो अंकले बढेको बजार बुधबार पुनः आरोलो लागेको छ ।

बुधबार २० अंकले घट्दै नेप्से २६ सय ४५ मा झरेको छ । बुधबार ३ सय २४ स्टकको १ करोड ५७ लाख बढी कित्ता सेयर ६ अर्ब २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबारमा आएका मध्ये वित्त र व्यापार बाहेक अरु सबै उपसमुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण बुधबार १ सय ५५ कम्पनीको शेयर मूल्य घट्दा ७६ कम्पनीको मात्रै मूल्य वृद्धि भएको छ ।

आइसीएफसी फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा महुली लघुवित्त सर्वाधिक ४ दशमलव २८ प्रतिशतले घटेको छ ।