२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौ हुँदै भैरहवादेखि दुबईको उडान सुरु हुने


4.55k
Shares

काठमाडौं । कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौ हुँदै भैरहवादेखि दुबईको उडान शुरु हुने भएको छ ।

बुधबार सिंहदरबारमा सरकारको सय दिने उपलब्धी सुनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले फ्लाई दुवईले हप्ताको सातै दिन दुबई र भैरहवा एवं काठमाडौं हुँदै भैरहवा र दुबई बीच उडान भर्ने बताउनु भयो । जजिरा एअरवेजले हप्ताको तीन दिन भैरहवा र कुवेत एवं कुवेत र भैरहवाबीच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राम्ररी सञ्चालनमा नआएका अन्तर्राट्रिय विमानस्थलको प्रयोग बढाउन यस सरकारले ठोस कदम चालेको बताउनुभयो । उहाँले भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाइ इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रवन्ध गर्न सफल भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश भित्र बनेका भौतिक पूर्वाधारको अधिकतम प्रयोग गर्ने र त्यसवाट लाभ लिने सरकारको घोषित नीति रहेको बताउनुभयो ।