
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी प्रमुख प्रहरी अतिरीक्त महानिर्देशका दिपक थापाको ट्रयु कलरको नाममा विभिन्न वित्तिय संस्था र व्यक्तिहरुलाई फोन गरि रकम असुलीका लागि धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
विराटनगरको मिलनचोकका हेमकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
खड्काले सिआइबी प्रमुख थापाको नाम र फोटो प्रयोग गरि विभिन्न वित्तिय संस्था र वयक्तिहरुलाई धम्कि दिएको सिआइबी प्रवक्ता प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
ती व्यक्तिले सिआइबीको कार्यालय र कर्मचारीको लोगो र संकेत प्रयोग गरी गैर कानुनी काम गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्