
एजेन्सी । टर्कीको राजधानी अंकारानजिकै एउटा उड्डयन कम्पनीको मुख्यालयमा बन्दुकधारी समुहले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा २२ जना घाइते भएका छन् ।
राजधानी अंकाराबाट करिब ४० किलोमिटर टाढा रहेको टर्किस एरोस्पेस इन्डस्ट्रिज (टी.ए.आई.) को प्रवेशद्वार वरिपरि कम्तीमा दुई जना व्यक्तिले बन्दुक चलाएको पुष्टी भएको छ ।
टर्कीका उपराष्ट्रपति सेभडेट यिल्माजका अनुसार मारिनेमध्ये चार जना सोही कम्पनीका कर्मचारी र पाँचौं व्यक्ती ट्याक्सी चालक हुन् । आन्तरिक मन्त्री अली यर्लिकायाले एक महिला र एक पुरुष आक्रमणकारी जवाफी कारवाहीमा मारिएको बताएका छन् ।
आक्रमणमा कुर्दिश विद्रोही समुह ‘पि.के.के.’ संलग्न भएको हुनसक्ने अनुमान गरिएपनि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । आक्रमणलगत्तै टर्कीको रक्षा मन्त्रालयले उत्तरी इराक र उत्तरी सिरियामा कुर्द विद्रोही समुहका अखडाहरुमा हवाई हमला गरेको खबर छ ।
प्रतिक्रिया दिनुहोस्