१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्ने


2.145k
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्नेछन् । समुह ‘बि’ को अन्तिम खेल साँझ साँढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । यो खेल जित्दै नेपाल समुह विजेता बन्ने अभियानमा रहेको छ ।

यही समुहको अर्को खेलमा आजै भुटान र माल्दिभ्स भिड्नेछन् । समुहका दुई खेलबाट नेपाल र भुटानले चार चार अंक जोडेका छन् । श्रीलंकाको ३ अंक छ भने अंकविहीन माल्दिभ्स समुह चरणबाट बाहिरिइसकेको छ ।

अर्को समुहबाट भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । बुधबार भएको खेलमा भारतलाई ३–१ ले पराजित गर्दै बंगलादेश समुह विजेता बनेको छ । आजका खेलहरुपछि साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुग्ने सबै चारवटा टोलीहरुको टुंगो लाग्नेछ ।

नेपालमा लगातार तेस्रो पटक आयोजना भइरहेको प्रतियोगिताको यो सातौं संस्करण हो । यसअघिका ६ मध्ये पाँच संस्करणको फाइनलमा पुगेको नेपालले उपाधि जित्न भने सकेको छैन ।