२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा १८ अंकले गिरावट


260
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिनबाटै घट्न सुरु भएको शेयर बजार अन्तिम कारोबार दिन पनि घटेरै बन्द भएको छ ।

यो सातामा एक दिन मात्रै शेयर बजार सकारात्मक रह्यो भने चार दिन आरोलो लाग्यो ।

बिहीबार दिनभरको उतार चढावका बीच १८.२५ अंक घटेर नेप्से २६२७ को विन्दुमा झरेको छ । परिसूचक घटेसंग कारोबार रकम पनि घटेको छ ।

बिहीबार दिनभरमा एक करोड २२ ८३ हजार कित्ता शेयर ५ अर्ब ४१ करोड ९१ लाखमा खरिदविक्री भएको छ । नेप्सेमा रहेका उपसमूहहरु मध्ये आज जलविद्युत उपसमूह झिनो अंकले सकारात्मक भए बाहेक अन्य सवै उपसमूहहरु घटेका छन् । एसबिआई बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७५ प्रतिशतले बढ्दा रावा इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो ।

कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।