
काठमाडौं । रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्ने कास्की जिल्ला अदालतको अनुमतिपछि आक्रोशित बनेका रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
लामिछानेलाई अदालतमा उपस्थित गराउनु अघिदेखि नै सडकमा धर्ना र प्रदर्शन गरिरहेका रास्वपा कार्यकर्ताहरु सात दिन म्याद थप्ने निर्णयपछि आक्रोशित बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्