२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लुम्बिनीमा कथिन चिवरदान सम्पन्न


208
Shares

काठमाडौं । तथागत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको शाक्य मुनि विहारमा थेरवाद बौद्ध परम्परा अनुसार कथिन चिवरदान सम्पन्न भएको छ ।

बिहीबार काठमाडौंस्थित धम्मावास बौद्ध विहारको सदस्यहरुबाट भिक्षुसंघलाई कथिन दान प्रदान गरिएको हो ।

भिक्षु मैत्री महास्थविरबाट संघलाई कथिन दान ग्रहण गरिएको हो । सो विहारमा ७ जना थाई भिक्षुहरु वर्षावास बस्नु भएको थियो । साथै थेरवाद बुद्ध विहारबाट मायादेवी मन्दिरमा बुद्धपूजा समेत गरिएको थियो ।

यसैगरि सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गरेर पुण्याअनुमोदन समेत गरिएको थियो । वर्षावास सकिए पछि भिक्षु संघलाई उपासक उपासिकाहरुबाट कथिन चिवर दान गर्ने परम्परा रहेको छ ।