
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि सिङ्गो रास्वपा नै भीडको राजनीतिमा लागेको छ । आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका कारण फसाइएको भन्ने रास्वपा कार्यकर्ताहरुको भीडले सहकारी पीडितलाई न्याय दिनुपर्ने नारा पनि लगाउने गरेका छन् । रास्वपाले सहकारी पीडितहरुको सहानुभूति बटुल्ल नारा लगाए पनि सहकारी पीडितहरु भने रास्वपाको गतिविधिप्रति सन्तुष्ट छैनन् ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय सवतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि अहिले देशभरका रास्वपाको नेता कार्यकर्ता पोखरा केन्द्रित छन् । लामिछानेलाई पक्राउ गरि पोखरा लगेसँगै पोखरा पुगेका रास्वपाका नेता कार्यकर्ताहरु निरन्तर पक्राउको विरोधमा प्रदर्शन गरिरहेका छन् । रास्वपाको प्रदर्शनमा सरकारविरुद्ध नारा लाग्नु स्वभाविक हो । तर प्रदर्शनकारीहरुले जुन अभियोगमा आफ्ना सभापति लामिछाने पक्राउ परेका छन् तिनीहरु अर्थात सहकारी पीडितहरुका लागि न्यायको माग पनि गरेको देखिन्छ ।
सांसद तोसिमा कार्कीको यो अभिव्यक्ति रास्वपा रवि लामिछानेको पक्षमा नभई सहकारी पीडितको पक्षमा प्रदर्शनमा उत्रिएको हो भन्ने भ्रम दिन खोजेको देखिन्छ । उता, सहकारी पीडितहरुको भने रास्वपाले आफ्रनो माग बोकेकोमा सन्तुष्ट छैनन् । बरु सहकारी पीडितहरुले लामिछाने पक्राउ परेपछि रास्वपा पार्टीको गतिविधिले आफूहरुको भावनामाथि खेलवाड गरेको गुनासो पीडितहरुको छ ।
सूर्यदर्शन वचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले रास्वपाले पोखरामा गरेको प्रदर्शन समय सान्दर्भिक नभएको र औचित्यहिन भएको बताउनुभयो । प्रदर्शन मात्र हैन पोखरामा रास्वापाले सुरु गरेको घरदैलौ अभियानमा समेत पीडितहरुले असन्तुष्टि जनाएका छन् ।
रास्वपा साँच्चिकै सहकारी पीडितहरुको न्यायको पक्षमा रहेको हो भने सहकारी ठगीको आरोप लागेका आफ्ना सभापतिमाथि शुरु भएको कानुनी प्रक्रियालाई निर्वाध टुंगोमा पु¥याउन सहयोग गर्नुपर्छ । त्यसो भयो भने मात्रै अन्य सहकारी ठगहरुलाई कारबाहीको बाटो खुल्ने छ ।
प्रतिक्रिया दिनुहोस्