२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


ललितपुरमा पुष्प मेला सुरु


1.04k
Shares

काठमाडौं । ललितपुरको जावलाखेलमा १७ औं गोदावरी पुष्पमेला सुरु भएको छ ।

प्रत्येक वर्ष झैं यसपटक पनि तिहार लक्षित गरि पुष्प मेला आयोजना गरिएको हो ।

फ्लोरिकल्चर एसोसिएशनको आयोजनामा व्यावसायिक विकास तथा प्रवर्दन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीमा गोदावरी फूलका नयाँ प्रजातिका फूल र बिरुवाका साथै बिक्री स्टलहरु राखिएका छन् । प्रदर्शनी अवलोकनका लागि गएकाहरु उत्साहित देखिन्छन् ।

मेलामा पुष्प व्यवसायको क्षेत्रमा भएका नयाँ प्रविधि र उपलब्धिको बारेमा समेत जानकारी गराइने छ ।

प्रदर्शनीमा ७५ वटा स्टल रहेका छन् । यसैगरि गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कारसमेत दिइने एसोसिएशनले जनाएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीमा ४० हजार जनाभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

मेला यही कार्तिक ११ गते सम्म चल्ने छ ।