१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता


5.668k
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बनेको छ ।

दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा नेपालले श्रीलंकामाथि ६–० को जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो ।

समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न नेपालका लागि रेखा पौडेलले २ गोल गरिन् भने सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १–१ गोल गरे ।

समूह बी मा रहेका नेपाल र भुटानको ७–७ अंक रहे पनि गोल अन्तरमा नेपालको एक गोल बढी हुँदा समूह विजेता बनेको हो ।

पहिलो हाफमै ४ गोल गरेको नेपालले दोस्रो हापमा दुई गोल थपेको थियो । यसअघि आजै दिउँसो भएको समूह बी को पहिलो खेलमा भुटानले माल्दिभ्समाथि शून्यका विरुद्ध १३ गोलको जीत निकालेको थियो ।

भुटानले पहिलो हाफमा ६ गोल र दोस्रो हाफमा ५ गोल गर्दा माल्दिभ्सले भने एक गोल पनि फर्काउन सकेन

यो जीतसंगै भुटान पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।