२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह


0
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

उपप्रधानमन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेको र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भन्दै ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नु भएको हो ।

अमेरिकी उद्योग वाणिज्य सङ्घले वासिङ्टन डिसीमा आज आयोजना गरेको छलफलमा उपप्रधानमन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।