
काठमाडौं । कञ्चनपुरको लालझाडीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।
लालझाडी गाउँपालिका–१ बिनवारीका ४६ वर्षीय रमेश वडायक र उनकी ४३ वर्षीया श्रीमती कमला वडायक मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार बिहान दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिनुभयो ।
दम्पतीको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिएकाले हत्या भएको हुनसक्ने बताइएको छ । प्रहरीले अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्