२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अरिंगालको टोकाइबाट युवाको मृत्यु


0
Shares

पाँचथर । पाँचथरको फिदिम नगरपालिका- ६ सिवामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । स्थानीय मान बहादुर तुम्रोकको छोरा २६ वर्षीय शुभराज तुम्रोकको मृत्यु भएको हो ।

गत बुधबार राती जंगलमा अरिंगाल झार्ने क्रममा अरिंगालको टोकाइबाट तुम्रोक गम्भीर घाइते भएका थिए ।

गाउँमै स्थानीय मेडिकलमा उपचार गरेर फिदिम ल्याउने तयारी गर्दे गर्दा उनको बिहिबार घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।