२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रविलाई पक्राउ गरेको भन्दै माईतीघरमा रास्वपाको प्रदर्शन


1.287k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरुसम्म सहभागी बनेका थिए । सभापति लामिछानेमाथि सहकारी गठी र सम्पती शुद्धिकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ ।

आजदेखि काठमाडौंमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरुले बताएका छन् । उनीहरुले हातमा सरकारबिरोधी पम्प्लेट बोकेर सरकार बिरोधी नारा लगाइ विरोध जनाएका हुन् ।