
काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहतका २९ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।
गृहमन्त्री रमेश लेखकले १८ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव वसन्त अधिकारीलाई बारा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पेको छ भने उहाँको ठाउँमा रामबन्धु सुवेदीलाई ल्याइएको छ ।
प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनेमा रुपन्देहीमा वासुदेव घिमिरे, पर्सामा गणेश अर्याल, महोत्तरीमा लालबाबु कवारी, पाल्पामा तोयनारायण सुवेदी, दोलखामा शिवराम गेलाल, धनकुटामा टुवराज पोखरेल, गोरखामा पुण्य विक्रम पौडेल, तनहुँमा श्यामकृष्ण थापा र गुल्मीमा जनार्दन गौतम रहेका छन् ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा ल्याइएको छ । बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, ताप्लेजुङका प्रजिअ रवीन्द्रप्रसाद आचार्य र जाजरकोटका प्रजिअ उमाकान्त अधिकारीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
यसैगरी संखुुवासभाको सीडीओको जिम्मेवारी विनोदकुमार खड्का, भक्तपुरमा गोपालप्रसाद अर्याल र डोटीमा मोहनराज जोशीलाई दिइएको छ । भक्तपुरमा कार्यरत रोशनीकुमारी श्रेष्ठलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
भने ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्