
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस मिलेर बनाएको उल्लेख गर्दै कांग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको बताउनुभयो । उहाँले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भउको दाबी गर्नुभयो । उहाँले राजनीतिक दल नहुँदासम्म जनता नेसन भइसकेको नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशत भन्दा तल झर्न नदिने प्रतिवद्धता जराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्