२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विधिको शासन कायम गर्दा विरोध गर्ने परिपाटी राम्रो होइन : उपप्रधानमन्त्री सिंह


351
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिको शासन कायम गर्ने क्रममा कानूनी प्रक्रिया अघि बढाउँदा विरोध गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनको कुरा गर्ने अनि गलत काम गर्ने व्यक्तिलाई पक्राउ गर्दा पक्राउ गर्नुहुँदैन भन्ने काम गरेको बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरुले विधिको शासन कायम गर्ने क्रममा प्रतिरोध गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उपप्रधानमन्त्री सिंहले सरकार विधिको शासन कामय गर्न अघि बढ्ने बताउनुभयो । उहाँले सरकारले सय दिनमा राखेको लक्ष्य पूरा गरेको पनि बताउनुभयो । उहाँले विपक्षले उठाएका आवाजहरु तर्कसंगत नरहेको जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले लोकतान्त्रिक प्रणालीमा विपक्षीले बोल्न पाउने अधिकार रहेको बताउनुभयो ।