
काठमाडौं । विश्वकप क्रिकट लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र अमेरिका भिड्दैछन् ।
खेल राती सवा ९ बजे डालसमा शुरु हुनेछ । श्रृंखलामा नेपालको यो पहिलो खेल हो । अमेरिकाले भने आफ्नो पहिलो खेलमा शुक्रवार राती स्कटल्याण्डसँग १० विकेटको हार बेहोरेको थियो ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी यो श्रृंखलामा हरेक टोलीले एक अर्कासँग दुई दुईवटा खेल खेल्नेछन् ।
८ टोली सहभागी विश्वकप क्रिकेट लिग टु मा क्यानाडा शीर्ष स्थानमा छ भने अमेरिका दोस्रो तथा स्कटल्याण्ड चोथो स्थानमा छ । नेपाल भने सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्