२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न


156
Shares

काठमाडौं । जागरुक स्वास्थ्य समूह नेपाल र सृष्टि महिला समूहको संयुक्त आयोजनामा शनिबार ललितपुरको राजतीर्थमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

डेंंगु संक्रमण बढिरहेको समयमा रगतको अभाव हुन नदिन आकस्मिक रुपमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।

जागरुक स्वास्थ्य समूह नेपालका अध्यक्ष सज्जनकुमार महर्जनले कोभिड संक्रमण तथा डेंगुको महामारीका समयमा रगतको अभाव हुन नदिन यस्ता आकस्मिक रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिइरहेको बताउनुभयो । स्वस्थ नागरिकले हरेक तीन÷तीन महिनामा रक्तदान गर्न पनि उहाँले आग्रह गर्नुभयो ।