१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केरुङ नाका भोलिदेखि सञ्चालनमा आउने


0
Shares

काठमाडौं । अविरल वर्षाका कारण बन्द रहेको रसुवागढी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ ।

अविरल वर्षाले क्षतिग्रस्त भएर गत असोज १२ गतेबाट अवरूद्ध भएको चिनियाँ भू–भागको सडक आजसम्म पुनःनिर्माण सम्पन्न गरी भोलिदेखि यातायात सञ्चालनमा ल्याउने तयारी भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

राजमार्ग सञ्चालनमा आएपछि नेपाल चीनबीचको व्यापार, व्यवसाय बढ्ने अपेक्षा गरिएको छ । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सानजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो ।

चीनको केरुङ जोड्ने रसुवागढी–काठमाण्डौं सडक अवरुद्ध हँदा चीनतर्फ थन्किएका झण्डै ६ अर्ब रुपैयाँ बराबरको सामान अड्किएको थियो ।


बाढी र पहिरोका कारण नुवाकोट र रसुवामा दुईवटा पुल बिग्रिएका कारण केरुङ जोड्ने रसुवागढी–काठमाण्डौं सडक अवरुद्ध हुन पुगेको हो ।