
एजेन्सी । इजरायल र हमासबीचको युद्धविरामका लागि कतारको दोहामा उच्च स्तरीय वार्ता शुरु भएको छ ।
संयुक्त राज्य अमेरिका, इजरायल र कतारका शीर्ष वार्ताकारहरू सम्मिलित वार्ताले केही सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ । हमासले बन्धक बनाएकाहरुको रिहाइ र हमला रोक्नका लागि युद्धविराम वार्ता शुरु भएको हो ।
विगत दुई महिनादेखि युद्धविरामका लागि भएको प्रयास बिफल हुँदा बल्ल यी दुई समुह वार्ताको लागि राजी भएको हो ।
इजरायलले हमास नेता याह्या सिनवारको हत्या गरेपछि अमेरिकी अधिकारीहरूले वार्ताका लागि बारम्बार गरेको आग्रह अुनसारको यो पहिलो चरणको वार्ता हो ।
यसअघि इजिप्टले सार्वजनिक रूपमा दुई दिने युद्धविराम सम्झौताको प्रस्ताव गरेको थियो जसमा गाजामा चार इजरायली बन्धकहरूलाई इजरायलमा राखिएका प्यालेस्टिनी कैदीहरूलाई साटासाट गरिने जनाइएकोमा दुवै पक्ष सहमत भएका थिए ।
प्रतिक्रिया दिनुहोस्