
पाल्पा । नेपालीहरुको महान पर्व तिहार नजिकिएसँगै पाल्पामा झिनियाँ रोटी बनाउन उद्यमीलाई भ्याइनभ्याइ भएको छ । भाइटीकामा दिदीबहिनीले दाजुभाईलाई टिका लगाएपछि सेलरोटीसँगै झिनियाँ रोटी पनि दिने चलन छ ।
तानसेनका बसन्तपुर, टक्सार, मखनटोल, भगवतिटोल, पूर्वी पाल्पाको रामपुर, सराई, खहरे बजारमा झिनियाँ रोटी बनाउने गरिन्छ ।
जिल्लाका करीब एक सय घरपरिवारले झिनियाँ रोटी बेचेर तिहार लगायतका पर्वमा एक देखि ५ लाखसम्म आम्दानी गर्ने गरेको झिनियाँ रोटी व्यवसायी लक्ष्मी श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा बढी चल्तीमा रहेको झिनियाँ रोटी आजभोली अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ ।
बजारमा ७० रुपैयाँ दर्जनदेखि ५ सय रुपैयाँ दर्जनसम्मका झिनियाँ रोटी बिक्री हुँदै आएका छन् । पाल्पामा बनाएको झिनियाँ रोटी बुटवल, नारापणगढ, पोखरा, काठमाडौंसम्म बिक्री हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्