
काठमाडौं । नेपाल भूमि रियल स्टेटका प्रबन्ध निर्देशक विक्रम लामामाथि अज्ञात समुहले आक्रमण गरेको छ । पानीपोखरीस्थित पार्किङ स्थलमा आफनो कार पार्क गरी निस्कने क्रममा ४ जनाको समुहले लामालाई आक्रमण गरेको हो ।
फलामको रडले प्रहार गरी गरेको कुटपीटका कारण गम्भीर घाइते भएका लामालाई उपचारका लागि शिक्षण अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि हाल ग्रीनसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । लामाको अवस्था चिन्ताजनक रहेको छ ।
पार्किङको सुरक्षार्थ खटिएका सुरक्षागार्र्ड खाना खान गएको समय पारी गरिएको आक्रमणमा संलग्न एकजनालाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको छ भने बाँकीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
नुवाकोट निवासी लामा हाल पानी पोखरीमा रहेको अपार्टमेन्टमा बस्दै आएका छन् । लामा नेपालका चर्चित व्यवसायी हुन् ।
प्रतिक्रिया दिनुहोस्