२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा २७ अंकको वृद्धि


182
Shares

काठमाडौं । शेयर बजारमा सोमबार २७ अंकको वृद्धि भएको छ ।

बजार बढेसँगै नेप्सेमा रहेका सबै उपसमूहहरुमा पनि हरियाली छाएको छ भने कारोबार रकम पनि बढेको छ ।

वित्त उपसमूह सर्वाधिक झण्डै साढे ३ प्रतिशतले बढेको छ । सोमबार २१३ वटा कम्पनीको शेयर मूल्य बढ्दा २८ वटाको घटेको छ भने दुई वटा कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । जानकी फाइनान्स र डोल्टी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सर्वाधिक शेयर मूल्य घट्ने कम्पनीमा पिपुल्स हाइड्रो परेको छ । जसको शेयर मूल्य ६ प्रतिशत घटेको छ । आज एक करोड चार लाख १८ हजार कित्ता शेयर पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री हुँदा नेपाल फाइनान्सको सर्वाधिक ३३ करोड बढीको शेयर कारोबार भएको छ ।