९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आज नेपाल र स्कटल्याण्ड भिड्ने


2.834k
Shares

काठमाडौं । अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र स्कटल्याण्ड भिड्दैछन् । खेल राती सवा ९ बजे डालसको ग्राण्ड प्रेरी रंगशालामा शुरु हुनेछ । श्रृंखलामा नेपालको यो दोस्रो खेल हो ।

आइतवार भएको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले हराएको थियो । विश्वकप लिग टु क्रिकेटअन्तर्गतको यो श्रृंखलामा हरेक टोलीले एक अर्कासँग दुई दुईवटा खेल खेल्नेछन् । आठ टोली सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपालको प्रदर्शन निराशाजनक रहेको छ ।

अहिलेसम्मका ९ खेलमा ३ अंक मात्रै जोडेको नेपाल सातौं स्थानमा छ । स्कटल्याण्ड भने ८ खेलबाट ११ अंक जोड्दै चौथो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा रहेको क्यानाडाले १२ खेलबाट १६ अंक जोडेको छ ।