
सिन्धुली । गत असोज ११ र १२ गते सुनकोशी नदीमा आएको बाढीले राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको बाँधस्थलमा क्षति पुर्याउँदा आयोजनाको काममा ढिलाई हुने देखिएको छ ।
सिन्धुली र रामेछाप जिल्लाको सीमा क्षेत्र सुनकोशी नदीमा निर्माण भइरहेको सो आयोजनाको मुख्य बाँधस्थलमा बाढीले पु¥याएको क्षतिको विवरण संकलन गरी बाँध निर्माणको बाँकी कार्यलाई अगाडि बढाउने काम शुरु गरिएको छ ।
राष्ट्रिय गौरवको रुपान्तरणकारी मानिएको सो आयोजनाको बाँध निर्माणको ठेक्का लिएको भारतीय निर्माण कम्पनी पटेल र नेपाली जेभी पार्टनर रमण कन्ट्रक्सन कम्पनीले काम संचालन गरिरहकै अवस्थामा बाढीले क्षति पुर्याएको थियो ।
बाढीले विभिन्न उपकरणहरु लगायत निर्माण भएको कफर ड्याममा समेत क्षति पुर्याएको र क्षतिको पुर्ण विवरण संकलन भइरहेको सुनकोशी मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र वरालले जानकारी दिनुभयो ।
बरालका अनुसार आयोजनाको बाँध निर्माण कार्य भने सुनकोशी नदीमा पानीको बहाव कम भएपछि शुरु गरिने छ । सो आयोजनाको १३ दशमलव ३ किलोमिटर दुरीको सुरुङ निर्माणको कार्य सम्पन्न भइसकेको छ । सो आयोजनाको आर्थिक वर्ष २०८२÷८३ सम्म सम्पुर्ण निर्माणका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्