१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


पाल्पाको रम्भामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


0
Shares

पाल्पा । पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भइ सोमबार राती जिल्लाको रम्भा गाउँपालिका –३ अगाहाखोलास्थित सिद्दार्थ राजमार्गमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्युु हुने ट्रक चालक रम्भा– ३ का २३ वर्षीय भुवन सिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडीबाट ठक्कर दिँदा चालक रानालाई सोही ट्रकमा दाहिने खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरी हस्पिटल पठाएको थियो । दुर्घटनामा ना. १ क ७१२१ नम्बरको ट्रकको चालक र सह–चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।