
काठमाडौं । टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा सुनको असर्फी किन्ने सर्वसाधरणको भीड लागेको छ ।
राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा धनतेरसमा सुनको असर्फी लिन भीड लागेको हो ।
धनतेरसको दिन धातु, सुनका गहरगना, भाँडाकुँडा किन्ने प्रचलन समेत रहेको छ । त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन पूजामा सुन चाँदीका सिक्का चढाउने चलन छ ।
त्यसैले टक्सार विभाग सुनको असर्फी किन्ने मानिसहरुको भीड बिहानदेखि लागेको हो । असर्फी किन्नको लागि बिहान ६ बजेदेखि लाइन लागेको थियो ।
राष्ट्र बैंकले २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको छ । असर्फी मंगलबार दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटा मात्रै सुनको असर्फी पाउने जनाएको छ ।
त्यस्तै राष्ट्र बैंकले चाँदीको सिक्का पनि गत आइतबारदेखि बिक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का विक्री गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्