१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा तीन किसिमका डेंगीका भाइरस सक्रिय


0
Shares

काठमाडौं । नेपालमा डेंगीका तीन किसिमका भाइरस सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार डेंगी भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेका छन् ।

नेपालमा हुम्ला जिल्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ । देशभर २७ हजार एक सय ५३ जना डेंगीबाट संक्रमित भएका छन् ।

डेंगी संक्रमणबाट यस वर्ष १२ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगी संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कात्तिक महिनासम्म लामखुट्टे सक्रिय हुने भएकाले उच्च जोखिम भएको र कात्तिकपछि जाडो महिना शुरु भएपछि लामखुट्टे हराउँदै जानेछ ।

डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ ।